दफा १९
रोक लगाउने वा निष्काशन गर्ने
(१) कुनै परीक्षा केन्द्रमा उम्मेदवारले अनियमित काम गरेमा वा आयोगले तोकेको शर्तको उल्लङ्घन गरेमा वा कसैले अर्काको नामबाट परीक्षा दिएमा आयोगले त्यस्तो उम्मेदवारको परीक्षा रद्द गरी निज वा अर्काको नामबाट परीक्षा दिने व्यक्तिलाई आयोगद्वारा लिइने परीक्षामा पाँच वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।
(२) कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा होहल्ला गरी परीक्षा सञ्चालनमा बाधा अवरोध पु¥याएमा त्यस्तो उम्मेदवारलाई केन्द्राध्यक्षले तत्काल परीक्षा केन्द्रबाट निष्काशन गर्न सक्नेछ र त्यसरी निष्काशन भएमा निजको उक्त विज्ञापन बमोजिमको सबै विषयको परीक्षा स्वतः रद्द हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कार्य कुनै सरकारी कर्मचारीले गरेमा त्यस्तो कर्मचारीलाई विभागीय कारबाही समेत हुनेछ ।